पार्टी कार्यालयमा एकीकृत समाजवादीको सचिवालय बैठक
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । बुधबारलाई बोलाएको सचिवालय बैठक बिहीबारलाई सारिएको थियो । बैठकमा १० औँ राष्ट्रिय महाधिवेशनको तयारी र भइरहेका कामहरूबारे छलफल भइरहेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
सो पार्टीको असार १६ बाट सुरु हुने महाधिवेशनमा प्रस्तुत गरिने चार प्रतिवेदनमाथि सातै प्रदेशमा छलफल सकिएको छ । राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनलाई साझा दस्ताबेज बनाउन सबै प्रदेशका मातहतका कमिटीमा प्रतिवेदनमाथि छलफल गर्न पठाइएको थियो ।
सबै प्रदेशले सुझाव समावेश गरी केन्द्रमा पठाएका छन् । प्रतिवेदनमाथि तल्ला तहबाट आएका सुझावलाई कसरी समेट्ने भन्नेबारेमा पनि सचिवालयमा छलफल हुने बताइएको छ ।
सुझाव समावेश गरी चारवटै प्रतिवेदनलाई केन्द्रीय सचिवालय बैठकले सर्वसम्मत अनुमोदन गरेपछि एउटै दस्ताबेज बनाएर महाधिवेशनमा पेस गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण