युवा तथा खेलकुद मन्त्रालय सरकारको प्राथमिकतामा परेन : मन्त्री मगर
हेटौँडा । बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आलेमगरले बजेटमा युवा तथा खेलकुद मन्त्रालय सरकारको प्राथमिकतामा नपरेको बताएकी छन् । उनले युवा र खेलकुद क्षेत्रको योजनाको माग, प्रथमिकताअनुसार मन्त्रालयले बजेटको सिलिङ प्राप्त गर्न नसेकको बताइन् ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले प्रदेश सरकारले खेलकुद क्षेत्रमा न्यूनतम बजेट दिएको बताइन् । उनका अनुसार मन्त्रालयले गौतम बुद्ध रंगशाला, गौरीटार रंगशाला, चौतारा रंगशाला, सिन्धुली रंगशाला गरी मन्त्रालयको १५ वटा बहुवर्षे योजना रहेको छ । ती योजनामा प्राथमिकताका साथ बजेट विनियोजन गरेको उनले बताइन् ।
‘मन्त्रालयले गत सरकारले स्रोत सुनिश्चितालाई निरन्तरता दिएर बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले अघि बढाएको बहुवर्षे योजनालाई पूर्णता दिन सक्दा खेलकुद क्षेत्रमा पूर्वाधार तर्फ महत्वपूर्ण उपलब्धी हुन सक्छ भएकाले बजेट विनियोजन गरिएको छ’ उनले भनिन् ।
मन्त्रालयले १३ जिल्लामा युवा तथा खेलकुद परिषद्को संरचना परिचालन गरी सीप सिकाएर युवाहरुलाई स्वरोजगार बनाउने योजनामा काम भइरहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण