एक दिनमा कति दुध पिउन सकिन्छ ?
काठमाडौँ । स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण आहार हो दुध । खासगरी बच्चा र हुर्केका बालबालिकाका लागि दुध निकै फाइदाजनक मानिन्छ । दुध क्याल्सियमको राम्रो स्रोत त हो नै यसले शरीर र हड्डीको राम्रो विकासमा मद्दत गर्छ ।
हरेक घरमा बिहान बेलुका बालबालिकालाई गिलास भरिभरि दुध खुवाइन्छ । तर हाम्रो शरीरलाई कति दुध चाहिन्छ भन्ने कुरा कमैलाई मात्र थाहा हुन्छ । जति धेरै दुध पियो त्यति नै शरीरलाई फाइदा हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर यो गलत हो । अन्य पोषिलो आहार जस्तै दुध पनि सीमित मात्रामा पिउनुपर्छ । त्यसो भए एक दिनमा हामीले कति दुध पिउनु उचित हुन्छ ?
अमेरिकाको नेशनल डाइटरी गाइडलाइन्समा हरेक व्यक्तिले दिनमा एकपटक दुध पिउनुपर्छ भनेर भनिएको छ । दुधमा पाइने क्याल्सियम, भिटामिन बी १२, भिटामिन डी, क्यालोरी, पोटासियम, प्रोटिन र हेल्दी फ्याटले शरीरलाई विभिन्न प्रकारका पोषण प्रदान गर्छ र शरीरको उचित विकासमा सघाउँछ ।
गाइडलाइन्सका अनुसार एक वयस्क व्यक्तिले दिनमा ३ कप (७५० एमएल) दुध पिउनुपर्छ । बालबालिकाको हकमा भने दिनमा एकदेखि साढे दुई कप दुध पिउनु पर्याप्त हुन्छ । बच्चा दुधमा मात्रै निर्भर छ भने चाँहि मात्रा फरक पर्न सक्छ । फरक उमेर, शरीर र तौललाई ध्यानमा राखी सामान्यतया ५०० मिलिलिटर दुध खाएर हामीले आफ्नो शरीरलाई आवश्यक पोषण प्राप्त गर्न सक्छौँ ।
चाहिने भन्दा धेरै दुध खायो भने के हुन्छ ?
तपाईँले आवश्यकताभन्दा बढी दुध पिउनुभयो भने शरीरमा गम्भीर क्षति पुर्याउन सक्छ । धेरै दुध पिउनाले पेट सम्बन्धी समस्या हुन सक्छ । रुघा खोकीको साथमा मानिसलाई पखाला र अपचको समस्या पनि हुन सक्छ । छालासम्बन्धी समस्या भएकाहरूले पनि दुधको सेवन कम गर्नुपर्छ ।
ल्याक्टोजेनसँग एलर्जी (ल्याक्टोज इन्टोलरेन्स) भएका मानिसहरूले दुध पिउनै हुन्न । हालै स्वीडेनमा गरिएको एक अध्ययनमा धेरै दुध पिउने मानिसको हड्डी कमजोर हुने देखिएको थियो । त्यस्ता व्यक्तिहरूलाई कम्मर फ्र्याक्चर हुने, हड्डी भाँचिरहने समस्या धेरै हुन्छ । चाहिने भन्दा धेरै दुध पिउँदा शरीरमा आइरनको कमी हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण