नेप्से सूचक ८.२४ अंकले घटेर बजार बन्द, कारोबार ३ अर्ब ७१ करोडमा झर्यो
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ८.२४ अंकले घट्दै २ हजार ५१.९२ बिन्दुमा झरेको छ । अघिल्लो दिन यस्तो सूचक ११.६० अंकले घट्दै २ हजार ६०.१६ बिन्दुमा अडिएको थियो ।
तर आज सूचकसँगै यता कारोबार समेत घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । ८.२४ अंकले नेप्से घटेको बजारमा आज ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । अघिल्लो दिन ११ अंक माथिले नेप्से घटेको बजारमा ४ अर्ब ५ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
आज बैंकिङ समूह, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.२३ प्रतिशतले घटेको छ भने ट्रेडिङ समूह १.३९ प्रतिशतले र म्यानु एन्ड प्रो समूहको उपसूचक १.१७ प्रतिशतले घटेको छ ।
आज ४७ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ । ११ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । सबैभन्दा बढी त्रिशूली जलविद्युत कम्पनीका सेयर धनीहरूले आज ७.०९ प्रतिशतले कमाएका छन् भने नेपाल फाइनान्सका सेयर धनीले १० प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण