यु–१९ राष्ट्रिय भलिबल : सुदूरपश्चिम समूह विजेता बन्दै सेमिफाइनलमा
बैतडी । प्रथम सहाना प्रधान स्मृति यु–१९ राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’ को विजेताको रूपमा सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको हो । समूह चरणको अन्तिम खेलमा आज सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा सुदूरपश्चिमले २५–२१, २५–१३, २५–१४ ले तीनै सेट आफ्नो पक्षमा पार्यो । लगातार तेस्रो जितसँगै समूह ‘ए’ को सुदूरपश्चिमले तीन खेलमा नौ अङ्क जोडेको छ । पहिलो पराजय ब्यहोरेको बागमती पनि समान खेलबाट ६ अङ्कका साथ उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ ।
अब सेमिफाइनलमा सुदूरपश्चिमले भोलि गण्डकी र बागमतीले लुम्बिनीको सामना गर्नेछन् । टीम ब्यालेन्स र बलियो रहेकोले उपाधि जित्ने लक्ष्य रहेको सुदूरपश्चिमका प्रशिक्षक दीपेन्द्र भट्टको दाबी छ । प्रतियोगितामा देशका सबै प्रदेशका टोलीको सहभागिता रहेको छ । प्रथम हुने टोलीले रु तीन लाख नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण