त्रिवि सेवा आयोगले कडा सुरक्षाकाबिच प्राध्यापकका लागि अन्तर्वार्ता लिँदै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्राध्यापक पदका लागि अन्तर्वार्ता लिन सुरु गरेको छ । २०७७ सालमा गरिएको समाजशास्त्र विषयको प्राध्यापक पदका लागि विज्ञापन आह्वान गरिएको थियो । तर, विद्यार्थी सङ्गठनहरूको अवरोधका कारण पटक पटक स्थगित हुँदै आएको थियो ।
पटक पटक स्थगित हुँदै आएको परीक्षा कडा सुरक्षाकाबिच सुरु भएको हो । आज समाजशास्त्र र हिन्दी विषयको प्राध्यापक पदको लागि अन्तर्वार्ता भइरहेको आयोगले जनाएको छ । त्यस्तै असार १६ गते सह–प्राध्यापक पदका लागि अन्तर्वार्ताको मिति तय गरिएको छ ।
शान्ति सुरक्षाको प्रत्याभूतिसहित अन्तर्वार्ता थालिएको आयोगले जनाएको छ । अन्तर्वार्ताको अवलोकनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ समेत कीर्तिपुर पुगेकी थिइन् । उनले परीक्षाको अवलोकन गर्नुका साथै सुरक्षा व्यवस्थाबारे समेत बुझेकी थिइन् ।
समाजशास्त्रतर्फ एक प्राध्यापक पदका लागि तीन जनाको आवेदन परेको छ । जसमा सुशीलकुमार यादव, युवराज लुइँटेल र टिकाराम गौतम रहेका छन् ।
त्यस्तै हिन्दी विषयको लागि एक जनाको मात्रै आवेदन परेको छ । जसमा सञ्चिता बर्माले आवेदन दिएकी हुन् । यसअघि २०८० असोज १९ गतेको लागि अन्तर्वार्ताको मिति तय भएको थियो । तर, त्यो बेला अवरोधका कारण अन्तर्वार्ता अनिश्चितकालका लागि स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण