गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि निर्माण व्यवसायी छनोट
काठमाडौँ । भारतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य पुरा गर्ने जिम्मेवारी हिमालयन–कालिञ्चोक–बीबीआर जेभीले पाएको छ । प्रतिस्पर्धाको माध्यमबाट रंगशाला निर्माण कार्यको जिम्मेवारी हिमालयन–कालिञ्चोक–बीबीआर जेभीले पाएको हो ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गरेकी हुन् । ‘हामी सबैको गौरव भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यको लागि प्रतिस्पर्धाबाट निर्माण व्यवसायी हिमालयन–कालिञ्चोक–बीबीआर जेभी छनोट भएको छ । अबको एक हप्ताभित्र उक्त कम्पनीसँग महानगरले निर्माण सम्झौता गर्नेछ,’ मेयर दाहालको पोष्टमा उल्लेख छ ।
मेयर दाहालले सम्झौता भएको दिनदेखि २६ महिनाभित्र रंगशालाका निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य महानगरले लिएको पनि उल्लेख गरेकी छन् । ‘सयौँ व्यवधानलाई पार गर्दै हामी फेरि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको चरणमा प्रवेश गरेका छौँ । हामी सबै नेपाली क्रिकेट प्रेमीको सपना अव छिट्टै पुरा हुँदैछ,’ मेयर दाहालको पोष्टमा उल्लेख छ ।
रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले टेन्डर आव्हान गरेको थियो । त्यसमा हिमालयन–कालिञ्चोक–बीबीआर जेभीले ६८ करोड दुई लाख ६४ हजार दुई सय सात रुपैयाँमा रंगशाला निर्माण कार्य सम्पन्न गर्ने प्रस्ताव पेस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनको तुइन खोलामा सुख्खा पहिरो खस्दा सडक एकतर्फी बन्यो
-
लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण