सिधाकुराका संचालक युवरा कँडेलसहित ३ जनाविरुद्ध साइबर र अपमानजनक ब्यवहार मुद्दा दायर
काठमाडौँ । सिधाकुरा डटकमका संचालक युवराज कँडेलसहित ३ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले विद्युतीय कारोबार र अपमानजनक व्यवहारसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो ।
वकिल कार्यालयले सिधा कुराले प्रसारण गरेको ‘द डार्क फाइल’मा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर घर भएका राज कुमार तिमल्सीना र सिधाकुरा डटकमका कार्यकारी सम्पादक नविन ढुंगानालाई विपक्षी बनाएको छ ।
कार्यक्रममा प्रसारण गरेको अडियो परिक्षण गर्दा ‘झुटो’ पुष्टि भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ । राजकुमार तिमल्सीनाले अप्रमाणित अडियो क्लिप बनाएको र सो क्लिपलाई सिधा कुराले सत्यता जाँच गरेर युट्युब च्यानल मार्फत सार्वजनिक गरेको अनुसन्धान निष्कर्ष छ ।
उनीहरूलाई विद्युतीय कारोबार र अपमानजन व्यवहारको कसुरतर्फ सजाय गर्न सरकारी वकिल कार्यालयले मागदाबी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण