विदेश बस्ने भारतीयले पठाए १२० अर्ब डलर विप्रेषण
नयाँ दिल्ली । गएको वर्ष विदेशमा बस्ने भारतीयहरूले घरमा १ खर्ब २० अर्ब डलर विप्रेषण पठाएका छन् । विश्व बैंकले बुधवार सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो ।
विप्रेषणको यो आकार गत वर्षको तुलनामा साढे ७ प्रतिशत धेरै हो । भारत भित्रिने विप्रेषण बढ्नुको एउटा कारण अमेरिकामा महँगीमा आएको कमी र त्यहाँका भारतका प्रशिक्षित श्रमिकको बढ्दो माग भएको बताइएको छ ।
विश्व बैंकका अनुसार गत वर्ष फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (युएई)सँग भएको सम्झौताबाट भारतलाई पनि फाइदा भएको छ । यसपटक भारतले पाएको कुल विप्रेषणमध्ये १८ प्रतिशत युएईबाट आएको छ । विश्व बैंकले जारी गरेको प्रतिवेदनअनुसार भारत विश्वमा सबैभन्दा धेरै विप्रेषण भित्र्याउने देश हो ।
सूचीको दोस्रो स्थानमा मेक्सिको छ । सन् २०२३ मा मेक्सिकोमा ६६ अर्ब डलर विप्रेषण भित्रिएको छ । ५० अर्ब डलरसहित तेस्रो स्थानमा रहेको चीन छ । फिलिपिन्स र पाकिस्तान क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । गएको वर्ष यी दुई देशमा क्रमशः ३९ अर्ब डलर र २७ अर्ब डलर विप्रेषण आप्रवाह भएको थियो ।
यो वर्ष भारतमा विप्रेषण आप्रवाह थप बढ्ने विश्व बैंकको अनुमान छ । बैंककाअनुसार सन् २०२४ मा भारतमा झन्डै १ खर्ब २४ अर्ब डलर विप्रेषण भित्रिने अनुमान छ । यो गएको वर्षको तुलनामा ३ दशमलव ७ प्रतिशत धेरै हुनेछ ।
सन् २०२५ मा विप्रेषणको आकार अर्को चार प्रतिशतले बढेर १ खर्ब २९ अर्ब डलर पुग्नेछ । प्रतिवेदनका अनुसार भारतमा अमेरिका र युएईबाट सबैभन्दा बढी विप्रेषण आएको छ । यसपछि साउदी अरब, कुवेत, ओमान र कतार रहेका छन् । यी चार ठाउँबाट गएको वर्ष भारत भित्रिएको कूल विप्रेषणमध्ये ११ प्रतिशत रकम आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण