कोपा अमेरिका : नकआउटमा पुग्यो कोलम्बिया
शनिबार, १५ असार २०८१, ०६ : ४५
काठमाडौँ । कोस्टारिकामाथि सहज जित निकाल्दै कोलम्बिया कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा टोली ३–० गोलले विजयी बनेको हो ।
पहिलो हाफको ३१ औँ मिनेटमा लिभरपुलका लुइस डियाजले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५९ औँ मिनेटमा डेभिनसन सान्चेजले टोलीको कोलम्बियाको अग्रता दोब्बर बनाए । ३ मिनेटपछि जोन कोरडोबाले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।
समूह डीमा रहेको टोलीको लगातार दोस्रो जित हो । टोली ६ अङ्कसहित शीर्ष स्थानमा छ । अन्तिम खेलमा ब्राजिललाई हराए वा बराबरीमा रोके टोली समूह विजेता पनि बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण