युरो २०२४ मा इंग्ल्यान्डका छ जना फ्यानलाई प्रतिबन्ध
लन्डन । गत १६ जुनमा गेल्सेनकिर्चेनमा सर्बियाविरुद्धको युरो २०२४ खेलअघि अराजक व्यवहार देखिएको आरोपमा इंग्ल्यान्डका छ जना फ्यानहरूलाई फुटबल प्रतिबन्धको आदेश जारी गरिएको छ। युके फुटबल पुलिसिङ युनिट (यूकेएफपीयू) का अधिकारीहरूले प्रतियोगिताको क्रममा जर्मन अधिकारीहरूसँग काम गरिरहेका छन्।
आदेशका जारी गरिएका फ्यानहरूले प्रतिबन्धको अवधिसम्म घरेलु खेल र इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलहरूमा उपस्थित हुन पाउने छैनन्। २१ वर्षीय टोड हाइन्स, २८ वर्षीय लियाम ज्याक्सन र २८ वर्षीय किरान अल्ककलाई तीन वर्षको फुटबल प्रतिबन्धको आदेश दिइएको छ भने २९ वर्षीय लुइस डड्सवर्थ, २७ वर्षीय ज्याक ह्याटन र ३८ वर्षीय ग्यारी म्याकइभोरलाई पाँच वर्षको फुटबल प्रतिबन्ध लगाइएको छ ।
थप चार प्रशंसकहरू पहिले नै बेलायतको अदालतमा उपस्थित भइसकेका छन् र उनीहरूले राहदानी आत्मसमर्पण गर्न सर्तसहित जमानत पाएका छन्।
यूकेएफपीयूले सर्बियाविरुद्धको इंग्ल्यान्डको १-१ को बराबरी हुनुअघि यस घटनामा संलग्न भएको आशङ्का गरिएका अन्य धेरै फ्यानहरूको बारेमा पनि अनुसन्धान जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण