समयमै काम सम्पन्न गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गरिन्छ : महर्जन
शनिबार, १५ असार २०८१, ११ : ५१
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आयोजनाहरूको समयमै निर्माण सम्पन्न गर्ने कम्पनीहरूलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने बताएका छन् ।
शनिबार ललितपुर महानगरपालिका वडा नम्बर २७ र २२ जोड्ने नख्खु खोला पुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आयोजना निर्माणका क्रममा कामको गुणस्तर र समयमा ध्यान दिन आग्रह गरे ।
उनले भने, ‘हामीले आयोजना निर्माणका क्रममा सबै ठेकेदारहरूलाई बोलाएर आयोजनाहरू समयमै सम्पन्न गर्न र कामको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै आएका छौँ । समयमै निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्छौँ ।’
प्राकृतिक विपद्हरू बाजा बजाएर नआउने उल्लेख गर्दै कामका क्रममा गुणस्तरमा ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण