अफगानिस्तान प्रवेश गरी कारबाही गर्ने पाकिस्तानी रक्षामन्त्रीको भनाइबारे तालिबानले के भन्यो ?
काबुल । अफगानिस्तानका रक्षामन्त्रीले पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफको भनाइलाई मूर्खतापूर्ण भनेका छन् । ख्वाजा आसिफले अफगानिस्तान भित्र पसेर कारबाही गर्ने कुरा गरेका थिए ।
केही दिनअघि एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा ख्वाजा आसिफले अपरेसन ‘आजमे इस्तेहकाम’ अन्तर्गत आवश्यकता परे अफगानिस्तानमा रहेको तहरीक–ए–तालिबान पाकिस्तानका अड्डाहरूलाई निशाना बनाउन सकिने बताएका थिए ।
सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा रक्षा मन्त्रालयले पाकिस्तानी मन्त्रीको अफगानिस्तानको राष्ट्रिय सम्प्रभुताको सम्भावित उल्लङ्घनसँग सम्बन्धित बयान मूर्खतापूर्ण छ जसले सद्भाव बिगार्न सक्छ । यसको कसैलाई अनुमति छैन ।’ मन्त्रालयले पाकिस्तानको नेतृत्वले संवेदनशील विषयमा कसैलाई पनि यस्तो अभिव्यक्तिका लागि अनुमति दिन नहुने भनेको छ।
अर्कोतर्फ, दोहामा रहेको अफगान तालिबानको राजनीतिक कार्यालयका प्रमुख सुहेल शाहीनले पाकिस्तानको रक्षा मन्त्रालयको हालैको बयानमा टिप्पणी गर्दै आफूले अफगानिस्तानलाई हानी गर्न कसैलाई नदिने बताएका छन् । टोलो न्युजसँग कुरा गर्दै शाहीनले अफगानिस्तानको भूमि कुनै पनि देशको विरुद्धमा प्रयोग नगर्ने र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अफगान नीतिको हिस्सा नभएको बताए।
‘हामी न कसैलाई हानी गर्छौँ, न कसैलाई हानि हुन दिन्छौँ, न कसैको आन्तरिक मामिलामा हस्तक्षेप गर्छौँ,’ शाहीनले यस्तो कारबाही गर्न खोज्नेहरुले विगतका आक्रमणहरूको गहिरो अध्ययन गरी त्यस्ता कारबाहीका नतिजाबारे सोच्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण