लालीगुँरास सहकारी : ब्याजको लोभ देखाएर ३ करोड ठगी
काठमाडौँ । आकर्षक ब्याजको लोभ देखाएर ३ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने लालीगुँरास सहकारी संस्थाका ४ जना सञ्चालक पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका पुल्चोकस्थित लालीगुँरास सहकारी संस्था लिमिटेडले आकर्षक ब्याजको लोभ देखाइ सयौँ सर्वसाधारण बचतकर्ताको बचत रकम ठगी गरेको भन्ने उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार संस्थाको अध्यक्षसहित ४ जना सञ्चालकलाई पक्राउ गरेको हो ।
२०८१ असार १४ गते अध्यक्ष अमरदास श्रेष्ठसहित कोषाध्यक्ष अमृतकुमार अर्याल, सचिव एवं संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी र सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।

ललितपुरको पुल्चोकमा लालीगुँरास सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भनी विश्वास दिलाइ सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानि पुर्याइ बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको भन्दै पीडित बचतकर्ताहरूले २०८० चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता गरेका थिए ।
संस्थाको सञ्चालक समिति र लेखा समिति समेत गरी ९ जना विरुद्ध पक्राउ पुर्जी जारी गर्न ललितपुर जिल्ला अदालतले २०८० चैत ३० गते उपत्यका अपराध अनुसन्धान कार्यालयलाई अनुमति दिएको थियो । तर सोही मितिदेखि लालिगुँरास सहकारीका अध्यक्षसहित अन्य सदस्य फरार थिए ।
निरन्तरको खोजी पश्चात असार १४ गते काठमाडौँको विभिन्न स्थानबाट अध्यक्षसमेत ४ जना सञ्चालक तथा व्यवस्थापकलाई पक्राउ गर्न सफल भएको सीआईबीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
पक्राउ परेका अध्यक्ष तथा सञ्चालकहरूमाथि ३ करोड रुपैयाँ ठगीको आरोप छ । २२ हजार बचतकर्ता सदस्य रहेको सहकारीमा ६ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण