सरकारी गाडीले नै मिच्यो ट्राफिक नियम
काठमाडौँ । सरकारी नम्बर प्लेटको गाडीले नै ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही गरेको ट्राफिक प्रहरीले बताएको छ । महानगर ट्राफिक प्रहरी डिभिजनले सरकारी नम्बर प्लेटको सवारीलाई कारबाही गरेको बताएको हो ।
आफ्नो फेसबुक पेजमार्फत डिभिजनले कारबाही गरेको दाबी गरेको छ । सामाजिक सञ्जालमा बा १ झ ७६७५ नम्बरको सरकारी सवारीले ट्राफिक नियम मिचेर अर्को लेनमा क्रस गरेको भिडियो भाइरल बनेको थियो ।
यसबारे सामाजिक सञ्जालमा चौतर्फी दबाब र गुनासो आएपछि कारबाही गरेको ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । तर, कारबाही गरिएको आधिकारिक प्रमाण भने सामाजिक सञ्जालमा राखिएको छैन ।
‘ट्राफिक प्रहरी कार्यालय रामशहपथबाट खोजतलास र अनुसन्धान गरेर उक्त सवारी साधनलाई फेला पारी सवारीका चालकलाई लेन अनुशासन विपरीत सवारी चलाएको कसुरमा कारबाही गरिएको छ,’ ट्राफिक प्रहरीले सामाजिक सञ्जालमा लेखेको छ । तर कारबाहीको विवरण भने राखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण