राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी धिरेन्द्र झा समूह
आइतबार, १६ असार २०८१, २१ : ५१

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरू एकै ठाउँमा उभिएर देशलाई निकास दिने समय आएको बताएका छन् । आइतबार नेपाल जनता पार्टी धिरेन्द्र झा समूहलाई पार्टीमा समाहित गर्दै अध्यक्ष थापाले तराई मधेस क्षेत्रमा पार्टीलाई बलियो बनाउन यो समायोजन महत्त्वपूर्ण कोशेढुङ्गा हुने समेत दाबी गरे ।
कार्यक्रममा बोल्दै नेपाल जनता पार्टीका उपाध्यक्ष धिरेन्द्र झाले एजेन्डा स्थापित गर्नको निमित्त कमल थापाको नेतृत्व आवश्यक भएकोले राप्रपा नेपालमा समाहित भएको बताए । आइतबार आयोजित घोषणा सभामा सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो ।
राष्ट्रियता, प्रजातन्त्र र संवर्द्धनवाद पार्टीको आधारस्तम्भ हुने, सम्बर्द्धनवादको वैचारिक धरातलमा सुशासनको माध्यमबाट मुलुकको सर्वाङ्गिण आर्थिक विकास र समृद्धि साझा लक्ष्य हुने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा प्रभातफेरी
-
धराप फुटपाथमा जोखिमपूर्ण यात्रा (तस्बिरहरू)
-
सिन्धु सम्झौता उल्लंघन गरे भारतमाथि आक्रमण गर्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी
-
गोवामा जात्राको क्रममा भागदौड, ७ जनाको मृत्यु, घाइते २० को अवस्था गम्भीर
-
जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन
-
अस्ट्रेलियामा आम चुनावको मतदान सुरु