रञ्जिता भन्छिन्– फर्जी पत्र देखाउँदैमा दलको नेता फेरिएको मानिँदैन
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूलाई संसदीय दलको नेताबाट हटाएकोबारे अनविज्ञता प्रकट गरेकी छन् । फर्जी पत्र देखाउँदैमा दलको नेता परिवर्तन नहुने रञ्जिताले बताइन् ।
‘फर्जी पत्र देखाउँदैमा संसदीय दलको नेता फेरिएको मानिँदैन । पत्रको वैधानिकता संसद्ले हेर्ला,’ उनले भनिन् । आइतबार बसेको नाउपाको संसदीय दलको सचिवालयको बहुमत सदस्यहरूले रञ्जितालाई दलको नेताबाट हटाएका थिए । बहुमत सदस्यको बैठकले रञ्जितालाई हटाएर संसदीय दलको नेतामा सांसद गंगाराम चौधरी डगौरालाई चयन गरेको हो ।
यसबारे रातोपाटीसँग रञ्जिताले भनिन्, ‘मलाई जानकारी भएन । हिजोसम्म उहाँहरू टिकापुर हुनुहुन्थ्यो । उतै बैठक बसेर निर्णय गरेको हो कि ? अरुण चौधरीलाई बुझ्दा उहाँले ‘मेरो पुरानो हस्ताक्षर राखेर निर्णय सार्वजनिक गरिएको हो । बैठक बसेको छैन’ भन्ने कुरा गर्नु भयो ।’
पार्टीको केन्द्रीय कमिटी बैठक पनि नबसेको भन्दै आफूलाई कुनै जानकारी नरहेको उनको भनाइ छ । ‘उहाँहरूले केही बुझेर गर्नु भयो होला । केही न केही उपाय पनि होला नि ?,’ उनले भनिन्, ‘उहाँहरूलाई दलको नेता परिवर्तन गर्ने मनसाय र विचार भएको सरसल्लाह हुन्थ्यो । विना सरसल्लाह दलको नेता हटाउने निर्णय गरेकाले किन यस्तो गुर्नभयो ? उहाँहरूलाई नै थाहा होला ।’
दलको नेताबाट आफूलाई हटाएको पत्रलाई संसद्ले कानुन र विधि अनुसार हेर्ने रञ्जिताको विश्वास छ । उहाँहरू संसद्मा पत्र पठाउनु भएको भन्ने छ । नियम र कानुन हेरिन्छ होला । नियम कानुन अनुसार दलको नेता चयन हुन्छ, चेन्ज हुन्छ । विधान विपरीत मनपरी ढङ्गले काम गर्ने छुट छैन,’ उनले भनिन् ।
स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित लालवीर चौधरीको नाम नाउपाको सांसदको रेकर्डमा नरहेको उनले बताइन् । ‘हाम्रो माननीय लालवीर चौधरी स्वतन्त्रबाट पार्टीमा आउनु भएको छ । मलाई जहाँसम्म लाग्छ । उहाँ नाउपाको सांसद भनेर दर्ता पनि हुनु भएको छैन,’ रञ्जिताले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण