स्वास्थ्य क्षेत्र सुधार गर्न लागी परेका छौँ : मन्त्री यादव
सोमबार, १७ असार २०८१, १२ : २०
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आफूहरू स्वास्थ्य क्षेत्र सुधार गर्न लागी परेको बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रहरूको अनुगमन गरिरहेको तथा विभिन्न समिति गठन गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गरिरहेको बताएका हुन् ।
‘मैले सबै कुरा बुझेको छैन तर अनुगमनका क्रममा अधिकांश कुरा बुझ्दैछु,’ उनले भने, ‘मन्त्रालयका अतिरिक्त सचिवहरूलाई विभिन्न समिति गठन गरि काममा खटाएका छु ।’
नेपालमा औषधिको गुणस्तर, फार्मेसीको बेथितिको सुधारका लागि आफूले काम गरिरहेको उनको भनाई थियो। ‘बेडहरू नपाउने समस्या अन्त्य गर्नेदेखि बीमाको कार्यान्वयन गर्न टिम बनाएर काम अघि बढाएका छौँ,’ उनले भने, ‘औषधिको शुल्क निर्धारण समिति बनिसकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण