नेपाल वायुसेवा निगमले मनायो ६६ औँ वार्षिक उत्सव
काठमाडौँ । नेपाल वायुसेवा निगमले ६६ औँ वार्षिकोत्सव सोमबार भव्यताका साथ मनाइएको छ । उक्त अवसरमा वैदिक विधि अनुसार आकाश भैरवको पूजा आराधना पश्चात् निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आमन्त्रित सबैलाई स्वागत तथा धन्यवाद ज्ञापन गरे ।
उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको उत्तरोत्तर प्रगति तथा उन्नतिको कामनासहित हार्दिक शुभकामना दिँदै प्रभातफेरी कार्यक्रमको सुरुवात गरे । उक्त प्रभातफेरी निगमको प्रधान कार्यालय कान्तिपथबाट सुरु भई न्यूरोड, भोटाहिटी, भद्रकाली, शहिदगेट हुँदै निगमको प्राङ्गणमा आई टुङ्गिएको थियो ।
निगमको ६६ औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत केन्द्रीय कार्यालयमा असार ७ गते सम्पूर्ण कर्मचारीहरूको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । असार १२ गते टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको थियो ।
यसै अवसरमा असार १३ गते निगमको केन्द्रीय कार्यालयमा र एयरपोर्टमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा निगमका २१८ जना कर्मचारीले रक्तदान गरेका थिए । त्यस्तै असार १४ गते शुक्रबार एयरपोर्ट टिम र प्रधान कार्यालय टिम बिच महिला–महिला, पुरुष–पुरुष मैत्रीपूर्ण फुटबल खेल आयोजना भएको थियो ।
आज वार्षिकोत्सवको अवसरमा विजेताहरूलाई मन्त्री तामाङले मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए भने सहभागी अन्य खेलाडीहरूलाई निगमका कार्यकारी अध्यक्ष अधिकारी र नायव महाप्रबन्धक (प्रा.) डोलेश्वर कोइरालाले मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण