लगानीसम्बन्धी कानुनहरूलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता : उद्योगमन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सम्बन्धी कानुनहरूलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा भएको लगानी सहजिकरण सम्बन्धी ऐन छलफलमा भाग लिँदै यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले लगानी सहजिकरण सम्बन्धी मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने गरी समेटिएको बताए । उनले लगानी सहजिकरण सम्बन्धी ऐनमा सत्ता र प्रमुख प्रतिपक्ष सबैका भावनाहरूलाई मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यको साथ समेटिएको बताए ।
उनले भने,‘ लगानी सहजिकरण सम्बन्धी ऐनमा सत्ता र प्रमुख प्रतिपक्ष सबैका भावनाहरूलाई मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यको साथ समेटिएको छ । कानुनहरूलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता छ । राष्ट्रिय चुनौतीलाई राष्ट्रिय एकताको भावबाट सम्बोधन गर्नु पर्ने जुन आवश्यकता छ । त्यो कुरालाई ध्यानमा राखेर सबै संशोधनका पक्षलाई स्वीकार गरेको छु । यो भन्दा पनि अन्य प्रर्याप्त कानुनहरू संशोधनको आवश्यकता छ । संशोधनकर्ताहरूले राख्नु भएको विचारहरूलाई स्वीकार गरेको छु ।’
मन्त्री भण्डारीले राष्ट्रिय चुनौतीलाई राष्ट्रिय एकताको भावबाट सम्बोधन गर्नुपर्ने आवश्यकता ध्यानमा राखेर सबै संशोधनका पक्षलाई स्वीकार गरेको बताए । उनले अन्य पर्याप्त कानुनहरू संशोधनको आवश्यकता रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर