लगानीसम्बन्धी कानुनहरूलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता : उद्योगमन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सम्बन्धी कानुनहरूलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा भएको लगानी सहजिकरण सम्बन्धी ऐन छलफलमा भाग लिँदै यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले लगानी सहजिकरण सम्बन्धी मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने गरी समेटिएको बताए । उनले लगानी सहजिकरण सम्बन्धी ऐनमा सत्ता र प्रमुख प्रतिपक्ष सबैका भावनाहरूलाई मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यको साथ समेटिएको बताए ।
उनले भने,‘ लगानी सहजिकरण सम्बन्धी ऐनमा सत्ता र प्रमुख प्रतिपक्ष सबैका भावनाहरूलाई मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यको साथ समेटिएको छ । कानुनहरूलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता छ । राष्ट्रिय चुनौतीलाई राष्ट्रिय एकताको भावबाट सम्बोधन गर्नु पर्ने जुन आवश्यकता छ । त्यो कुरालाई ध्यानमा राखेर सबै संशोधनका पक्षलाई स्वीकार गरेको छु । यो भन्दा पनि अन्य प्रर्याप्त कानुनहरू संशोधनको आवश्यकता छ । संशोधनकर्ताहरूले राख्नु भएको विचारहरूलाई स्वीकार गरेको छु ।’
मन्त्री भण्डारीले राष्ट्रिय चुनौतीलाई राष्ट्रिय एकताको भावबाट सम्बोधन गर्नुपर्ने आवश्यकता ध्यानमा राखेर सबै संशोधनका पक्षलाई स्वीकार गरेको बताए । उनले अन्य पर्याप्त कानुनहरू संशोधनको आवश्यकता रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण