बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
शिक्षा

नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा

बुधबार, ०६ साउन २०८३, १५ : २०
बुधबार, ०६ साउन २०८३

सारांश

  • नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा भीम खतिवडाको नाम टुङ्गो लागेको छ।
  • विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले गरेको सिफारिस अनुसार खतिवडाको नाम उपकुलपतिमा टुङ्गो लगाइएको हो।
  • समितिले कुलपति समक्ष सिफारिस गर्ने र कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ।

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त भएका छन् । विश्वविद्यालयकाे उपकुलपति छनोट तथा सिफारिस समितिले गरेको सिफारिस अनुसार विश्वविद्यालयको उपकुलपतिमा खतिवडा नियुक्त भएका हुन्। उनलाई प्रधानमन्त्री समेत रहेका कुलपति वालेन्द्र(बालेन) शाहले बुधबार नियुक्त गरेका हुन्। 

उपकुलपति पदका लागि पाँच जना उम्मेदवारको नामसहितको अल्पसूची (सर्टलिस्ट) सार्वजनिक गरिएको थियो । अल्पसूचीमा ऋषिराम रेग्मी, कार्तिकेय झा, गुरुप्रसाद सुवेदी, प्रा.डा. भीमप्रसाद खतिवडा र मुकुन्दप्रसाद लामिछाने रहेका थिए ।

समितिले कुलपति समक्ष सिफारिस गर्ने र कुलपतिले विश्वविद्यालयमा एक जनालाई उपकुलपतिमा नियुक्त गर्ने व्यवस्था छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप