सरकार फेरबदल हुँदैन, यही गठबन्धनलाई बलियो बनाएर जाने सहमति भएको छ : प्रवक्ता सापकोटा
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले तत्काल सत्ता समीकरणमा केही फेरबदल नहुने स्पष्ट पारेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भएको भेटवार्ताले ल्याएको तरंगबारे प्रष्ट पार्दै उनले गठबन्धन फेरबदल नहुने प्रष्ट पारेका हुन् ।
आइतबार र सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबिच भएको भेटवार्तामा यही सरकारलाई थप प्रभावकारी बनाएर जाने विषयमा सहमति भएको उनले रातोपाटीलाई बताए ।
‘तत्काल सत्ता समीकरण फेरबदल हुँदैन । उहाँहरू(प्रधानमन्त्री र ओली)बिच अहिले सम्मको समीक्षा भएको छ । सरकारलाई कसरी प्रभावकारी बनाउने ? भन्ने विषयमा बिहङ्गम कुरा भएको छ । अहिले यही समीकरणलाई कायम राखेर जाने कुरालाई करिब सहमति भएको छ’, प्रचण्ड–ओली भेटबारे उनले भने, ‘प्रधानमन्त्री र ओलीका बिचमा सरकारलाई प्रभावकारी बनाउने विषयमा सहमति भएको छ । बाहिर जे तरंग छ, यसमा कुनै दुबिधा हुने ठाउँ छैन । अहिले तत्काल यो समीकरणमा फेरबदल हुँदैन । यो कुरा प्रष्ट पार्न चाहन्छु । अहिले सत्ता गठबन्धनमा तत्कालै त्यस्तो समस्या आउँदैन । यो गठबन्धनलाई कायम राखेर जाने विषयमा सहमति भएको छ । कुन कुन विषयमा कसरी जाने भन्ने विषयमा ठोस रूपमा छलफल हुँदै जान्छ ।’
शनिबार ओली निवास बालकोटमा भएको देउवा र ओलीबिचको भेटवार्ताले सत्ता समीकरण फेरबदल हुन लागेको चर्चा चलेपछि यस विषयमा सापकोटाले प्रष्ट पारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण