सुदूरपश्चिममा नाउपाले आफ्ना २ मन्त्रीलाई फिर्ता बोलायो
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । नाउपा सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई सरकारबाट फिर्ता हुन पत्राचार गरेको बताएका हुन् ।
नाउपाबाट सुदूरपश्चिम सरकारमा कैलाश चौधरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री छन् भने टीका थापाले कृषि तथा भूमि सुधार मन्त्री छिन् ।
दलका नेता घनश्याम चौधरीले उनीहरू दलको निर्णयविरुद्धमा सरकारमा गएकोले फिर्ता हुन पत्राचार गरेको बताए । सो पत्रको बोधार्थ मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको कार्यालयमा पनि पेस गरेको दलको नेता चौधरीले रातोपाटीलाई बताए ।
उता प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कैलाश चौधरीले पत्रबारे अनविज्ञता व्यक्त गरे ।
उनले भने– ‘पत्रबारे मलाई थाहा छैन । अर्को कुरा कसले हामीलाई सरकारमा पठाएको छ र ? अहिले फिर्ता हुन पत्राचार गर्छन् ? पार्टीले फिर्ता हुन भनेपछि हामी तत्काल फिर्ता हुन्छौ ।’
मन्त्री चौधरी र थापा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण