एमालेका मन्त्रीहरूले राजीनामा दिने
काठमाडौँ । नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।
सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठुला दलबिच सहमति भएको थियो । अहिले मन्त्रीहरूले राजीनामा बुझाउन जानेबारे छलफल भइरहेको छ ।
‘मन्त्रीहरूले राजीनामा दिनुभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ,’ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रातोपाटीसँग कुराकानी गर्दै भने ।
मन्त्रीहरूको राजीनामासँगै प्रधानमन्त्री प्रचण्डले साँझसम्म मार्गप्रशस्त गर्ने बर्तौलाले आशा व्यक्त गरे ।
उता, नेपाली कांग्रेसले हिजो भएको सहमति र नयाँ सरकार गठनबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण