बाबुरामको व्यङ्ग्य : सबैलाई सधैँभरि ठग्न सकिँदैन
मङ्गलबार, १८ असार २०८१, १४ : ०५
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष बाबुराम भट्टराईले सबैलाई सधैँभरि ठग्न नसकिने बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै उनले यो टिप्पणी गरेका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति इङ्गित गर्दै लेखेका छन्, ‘चर्चित भनाइ छ - ‘केहीलाई सधैँभरि ठग्न सकिन्छ; सबैलाई केही बेर ठग्न सकिन्छ; तर सबैलाई सधैँभरि ठग्न सकिन्न। सन्दर्भ बुझौँ !’
दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण