कांग्रेस र एमालेको सहकार्य अग्रगमन लक्षित छैन : अग्नि सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले कांग्रेस र एमालेको सत्ता सहकार्यको यात्रा पश्चगामी भएको टिप्पणी गरेका छन् । मंगलबार बिहान बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकपछि प्रवक्ता सापकोटाले अप्रत्याशितरुपमा घटनाक्रमहरू अगाडि आएका बताए ।
‘बाहिर संविधान संशोधनको कुरा आएको छ । त्यसमा पनि समानुपातिक निर्वाचन प्रणालीको कुरा छ । यो अग्रगमनभन्दा पनि पश्चगमनतिर जाने संकेत देखिएको छ । यो बेठिक छ भन्ने हामीलाई लागेको छ । यो यात्रा अग्रगमनतिर परिलक्षित भएको हामीले महसुस गरेका छैनौँ,’ उनले भने ।
समानुपातिक निर्वाचन प्रणाली हटाउने कुरा माओवादी केन्द्रलाई स्वीकार्य नहुने सापकोटाले बताए । कांग्रेस र एमाले सत्ता सहकार्यका लागि मिल्ने कुरा संवैधानिक र लोकतान्त्रिक मूल्य मान्यता आधारित नभएको उनको भनाइ छ । ‘पहिलो कुरा देशका पहिलो र दोस्रो पार्टी मिलेर सरकार बन्ने कुरा प्राकृतिक जस्तो लाग्दैन ,’ सापकोटाले भने ।
यो सरकारले सामाजिक न्यायसहितको सुशासनमा धेरै उल्लेख्य काम गरेको छ । भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डको फाइल खोल्ने काम गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण