तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न
मङ्गलबार, १८ असार २०८१, १२ : ४३

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले पालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ६१ वटा विकासे योजना सम्पन्न गरिसकेको जनाएको छ । गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले ८३ मध्ये ६१ योजना निर्माणकार्य सम्पन्न भएको जानकारी दिएका हुन् ।
निर्माण सम्पन्न भएका केही योजनाको भुक्तानी भइसकेको र ठेक्काबाट सञ्चालन भएका योजनाहरूको भने कार्यसम्पन्न प्रतिवेदन प्राप्त भएपछि भुक्तानी गरिने उनले बताए । पालिकाले आर्थिक वर्ष २०७९/८० मा एक सय ६५ वटा विकास आयोजना सम्पन्न गरेको थियो ।
महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार तिलाका नौवटा वडा र पालिकास्तरमा गरी कूल एक सय ६५ योजना सम्पन्न भएका हुन् । तीमध्ये ५० लाखमाथिका १५, पाँच लाखदेखि ५० लाखसम्मका एक सय २० र पाँच लाखभन्दा कम लागतका ३० वटा आयोजना रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार