काठमाडौँ । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा एउटा कार्यक्रममा सँगै देखिएका छन् । कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा आयोजित फोटो प्रदर्शनीमा दुई नेताको भेट भएको हो ।
_HA0N6LL2Og.jpg)
कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डलाई देउवाले स्वागत गरेका थिए । त्यसपछि दुई नेताले प्रदर्शनीको अवलोकन गरेका थिए ।
_uYLwyFnNaa.jpg)
नेपाली काँग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्ति देखि शान्ति सम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो । फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे ।
फोटो प्रदर्शनीको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अवलोकन गरिसकेका छन् । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले फोटोमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भूमिकालाई अटाइएको उनले बताए ।
_PW0763myMV.jpg)
_HmMQcY3TLt.jpg)
_hlVDHgtNNH.jpg)
_RkLw0GlniX.jpg)
_b0LmkwIzSg.jpg)
_AAt8Wj9424.jpg)
_7QSD3T4cj0.jpg)
_TItxKt5ZES.jpg)
_rXWk30GEXf.jpg)
_Y4X3Pg1ldi.jpg)
_NXEjD1z18K.jpg)
_i1thuYwonD.jpg)
_LU0KkPLYUg.jpg)
_1GaIxBDNbI.jpg)
_fu21DTjT6W.jpg)
प्रतिक्रिया