सुरेश अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त
मङ्गलबार, १८ असार २०८१, १७ : ४७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारीलाई नियुक्त गरेका छन् ।
सभामुख घिमिरेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्तिका लागि सिफारिस गरेका थिए ।
सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
संखुवासभा निवासी अधिकारीलाई नेपालको संविधानको धारा १०६को उपधारा एक बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र क्रोएसियामध्ये को–कति बलियो ?
-
यी हुन् सरुवा भएका ८ जना एआईजी, को कहाँ ? (सूचीसहित)
-
अनेरास्ववियुले भन्यो– प्राज्ञिक संस्था राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ
-
बागमतीका सांसदहरूको गुनासो : ‘पहुँचवालाको क्षेत्रमा मात्रै बजेट थुपारियो’
-
कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द
-
डिजिटल विज्ञापनदेखि एआई ‘डिपफेक’सम्म नियमन गर्ने राष्ट्रिय विज्ञापन नीति स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण