श्रीलङ्काद्वारा महिलाहरूलाई व्यवसायमा सहज बनाउन ऋण योजना स्वीकृत
कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले महिलाहरूलाई आर्थिक गतिविधिमा संलग्न गराउन बाधाहरू हटाउन विशेष ऋण योजना लागू गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्ले उद्यम क्षेत्रलाई पुनः सुदृढ गर्न लगानी योजनाका रूपमा २० अर्ब श्रीलङ्काली रुपैयाँ (६ करोड ५० लाख अमेरिकी डलर) विनियोजन गर्ने निर्णय गरेको सरकारको सूचना विभागले जनाएको छ ।
त्यसमध्ये दुई अर्ब रुपैयाँ (६५ लाख अमेरिकी डलर) महिलासम्बन्धी ऋण योजना कार्यान्वयन गर्न खर्च गरिनेछ ।
श्रीलङ्काको आर्थिक मामिलामा महिलाको सहभागिता अन्य क्षेत्रीय र एसियाली देशहरूको तुलनामा न्यून रहेको पाइएको छ ।
श्रीलङ्काका कार्यबलको सन् २०२२ सर्वेक्षणअनुसार आर्थिकरूपमा सक्रिय जनसङ्ख्याको ३५ प्रतिशत महिला छन् । यसले आर्थिक सहभागिताको लैङ्गिक योगदान दरमा ठुलो असमानता देखाएको विभागले उल्लेख गरेको छ ।
महिलाको सीमित वित्तीय साक्षरता र ऋण लिन आवश्यक पर्ने सम्पत्ति वा सुरक्षाको अभावजस्ता कारणले वित्तीय स्रोतमा पहुँचको अवसर सीमित भएको विभागले जनाएको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण