मोदीको मस्को भ्रमणअघि रुसले भन्यो– हरेक मुद्दामा वार्ता हुनेछ
मस्को । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै रुस भ्रमणमा जाँदैछन् । आसन्न भ्रमणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र मोदीबीच कयौं मुद्दामा कुराकानी हुने रुसी राष्ट्रपति भवन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । मोदीको यात्राको तयारी अन्तिम चरणमा पुगेको र भ्रमणको मिति छिट्टै घोषणा गरिने पनि पेस्कोभले बताए ।
पुटिन र मोदीले आगामी भेटमा क्षेत्रीय र विश्वव्यापी सुरक्षा, व्यापार जस्ता एजेन्डामा वार्ता गर्ने पेस्कोभलाई उद्धृत गर्दै रुसको सरकारी समाचार एजेन्सी तासले समाचार छापेको छ ।
‘हामी (रुस र भारत) संयुक्त रुपमा काम गर्नेबारे छलफल गर्नेछौं । क्षेत्रीय मामिला, क्षेत्रीय सुरक्षा र विश्वव्यापी सुरक्षा सधैं एजेन्डाको सबैभन्दा माथि नै रहने गरेका छन् । यसबाहेक द्विपक्षीय व्यापार र आर्थिक सहयोग पनि हाम्रो वार्ताको केन्द्रबिन्दु हुनेछ,’ एक प्रश्नको जवाफमा पेस्कोभले भनेका छन् ।
प्रधानमन्त्री मोदीको भ्रमण अत्यन्तै महत्वपूर्ण हुने भन्दै पेस्कोभले रुस र भारतबीच विभिन्न क्षेत्रमा सहयोग बढाउन ‘पारस्परिक राजनीतिक इच्छाशक्ति’ रहेको बताए । भारतीय सञ्चार माध्यमका खबर पत्याउने हो भने मोदी जुलाई आठमा मस्को भ्रमणमा निस्कन सक्छन् । तर सरकारको तर्फबाट भ्रमणको मितिबारे आधिकारिक घोषणा आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण