चुनावी अभियानको रकम सङ्कलनमा बाइडेनमाथि ट्रम्प भारी
वासिङ्टन डीसी । गएको हप्ता अमेरिकामा राष्ट्रपति निर्वाचनको पहिलो बहस भएको थियो । सो बहसमा वर्तमान राष्ट्रपति जो बाइडेनमाथि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प निकै भारी देखिए । अब फेरि अर्को कुरामा पनि ट्रम्पले बाइडेनलाई उछिनेका छन् ।
ट्रम्पको चुनाव प्रचार प्रसार अभियान टोलीले यस वर्षको दोस्रो त्रैमासमा बाइडेनको भन्दा ६ करोड ७० लाख डलर बढी रकम जुटाएको छ । अप्रिल–जुन त्रैमासमा ट्रम्पको टोलीले ३३ करोड १० लाख डलर उठाउन सक्यो । सोही अवधिमा बाइडेनको टोलीले २६ करोड ४० लाख डलर मात्रै जुटायो ।
बहसमा खराब प्रदर्शनको नतिजा
अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्र्याट पार्टीका तर्फबाट जो बाइडेन सम्भावित उम्मेदवार हुन् । छिट्टै दुवै पक्षको सम्मेलनमा ट्रम्प र बाइडेनको नाम टुङ्गो लाग्न सक्छ ।
एट्लान्टामा भएको पहिलो बहसले रकम सङ्कलन अभियानमा निकै असर गरेको देखिएको छ । बहसपछि ट्रम्पको टोलीले १२ करोड ७० लाख डलर उठाउन सफल भएको छ । तर बाइडेनको टोलीले मात्र ३ करोड ८० लाख डलर मात्रै उठाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण