१२ वटै समूहको निष्कर्ष : अध्यक्षमा माधव र महासचिवमा घनश्याम भुसालको निरन्तरता
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशनमा १२ वटै समूहले निष्कर्ष प्रस्तुत गरेका छन् । महाधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सङ्गठनात्मक दस्ताबेजमाथिको छलफलको १२ वटै समूहले निष्कर्ष सुनाएका हुन् ।
समूहका टोली नेताले नेतृत्व सर्वसम्मत रूपमा टुंग्याउन सुझाव दिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘१२ वटै समूहबाट सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव आएको छ,’ उनले भने ।टोली नेताको निष्कर्षपछि अध्यक्ष माधवकुमार नेपालले जवाफ दिएर बुधबार नै दस्ताबेज पारित गर्ने तयारी रहेको उनले बताए ।
महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया बिहीबारदेखि सुरु हुने भएको छ । माधव पौडेल प्रमुख रहेको निर्वाचन कमिटीले कार्यतालिका सार्वजनिक बिहीबार मात्रै गर्ने तयारी गरेको हो ।
प्रतिनिधिहरूले नेतृत्वमा माधव नेपाल र महासचिवमा घनश्याम भुसालकै निरन्तरता चाहेका छन् । समूहगत छलफलको निष्कर्ष सुनाउँदै १२ वटै समूहले नेपाल र भुसाललाई अध्यक्ष र महासचिवमा निरन्तरता दिन सुझाव दिएका हुन् । अधिकांश प्रतिनिधिहरूले दुवै नेतालाई सोही पदमा निरन्तरता दिनुपर्ने राय व्यक्त गरेपछि टोली नेताले सोही अनुसार निष्कर्ष सुनाएका हुन् ।
भुसालले अध्यक्षमा दाबी गरिरहेका छन् । चौतर्फी दबाबपछि उनले सहमतिमा आउने संकेत गरेको महाधिवेशन प्रतिनिधि बताउँछन् । भुसालले अध्यक्षको दाबी छाडे महासचिव वा उपाध्यक्षमा व्यवस्थापन गर्ने माधवको तयारी छ । अध्यक्षकै दाबेदार भएकाले उनले उपाध्यक्ष रहन तयार भए महासचिवमा उपमहासचिवहरू जगन्नाथ खतिवडा, गंगालाल तुलाधरमध्ये एकको सम्भावना देखिएको छ । उपाध्यक्षद्वय राजेन्द्र पाण्डे वा वेदुराम भुसालमध्ये एकजना महासचिव बन्ने विषयमा समेत छलफल भइरहेको चर्चा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण