पूर्वसांसद इच्छाराज तामाङविरुद्ध दोस्रो मुद्दा दर्ता
काठमाडौँ । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीको अभियोगमा व्यवसायी एवं पूर्व सांसद इच्छाराज तामाङ र उनका आफन्त केशवलाल श्रेष्ठविरुद्ध दोस्रो मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीहरुविरुद्व ५ अर्ब बिगो दाबी गर्दै बुधवार अभियोग पत्र दायर गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा परेको पूरक जाहेरीको आधारमा अनुसन्धान सकेर सीआईबीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको थियो । उक्त अनुसन्धान प्रतिवेदनको आधारमा नयाँ मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौँले जनाएको छ।
सहकारी ठगीमा तामाङ र तत्कालीन समयमा सहकारीका अध्यक्ष रहेका केशललाल श्रेष्ठ सहितलाई १ हजार ५०३ जना बचतकर्ताको जाहेरीको आधारमा ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। तामाङविरुद्ध २०७८ सालदेखि ठगी गरेको भन्दै यसअघि मुद्दा दायर गरिएको थियो। उक्त मुद्दा जिल्ला अदालतमा विचाराधीन नै रहेको छ।
सोही मुद्दामा न्यायाधीशलाई घुस दिन खोजेको भनी विवाद पनि भएको थियो। उनी नेकपा एमालेबाट सांसद समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण