एकीकृत समाजवादीको महाधिवेशन : मतदाता नामावली प्रकाशित
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दसौँ महाधिवेशन अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । असार १६ गतेबाट सुरु भएको महाधिवेशनमा पेस भएका विभिन्न दस्ताबेजहरू अनुमोदन भएसँगै निर्वाचन प्रक्रिया सुरु भएको हो ।
महाधिवेशनमा राजनीतिक, सङ्गठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पेस भएका थिए ।
ती प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल भएको थियो । समूहगत छलफल र महाधिवेशन हलमा प्रतिवेदनमाथि सुझाव राखेर बुधवार सबै प्रतिवेदन पारित भएका थिए ।
दस्ताबेजहरू पारित भएसँगै नेतृत्व छनोटका लागि केन्द्रीय निर्वाचन कमिटीले बिहीबार बिहान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ ।
काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्षमा नेता माधव कुमार नेपाल र महासचिव घनश्याम भुसालबिच प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि नेताहरूबिच सहमतिको प्रयास पनि जारी छ ।
२१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय एकीकृत समाजवादीले गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण