मुकुलको प्रतिवेदन भन्छ– बालेनसँग दुरी बढाए रास्वपालाई थप क्षति हुन्छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निलम्बित महामन्त्री डा. मुकुल ढकालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग दुरी बढाए पार्टीलाई क्षति हुने निष्कर्ष निकालेका छन् । ३८ जिल्लाको भ्रमणपछि ढकालले तयार पारेका समीक्षा यात्रा प्रतिवेदनमा पुराना दलहरूसँग भन्दा स्वतन्त्रहरू सँगको सहकार्यलाई अगाडि बढाउनुपर्ने उल्लेख छ ।
‘बालेन, गोपी हमाल मिल्ने हो भने २०८४ मा स्पष्ट बहुमतको संकेत छ । तर, यो मिलन २०८३ मिर मात्र हुँदा पुरानाले हामीविरुद्ध त्यति धेरै खेल्न सक्दैनन् । तर, माहोल अहिलेबाटै बनाउन जरुरी छ,’ उनको प्रतिवेदनमा छ ,‘बालेनसँग दुरी बढाए हामीलाई थप क्षति मात्र हुन्छ ।’
आजका दिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता गर्नुको साटो बालेनसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्ने उनको मत छ ।
‘समीक्षा बैठकमा सहभागी अधिकांशको मत पनि बालेनसँगको सहकार्यलाई लिएर थियो । बालेनको टिमसँग हामी नियमित सम्पर्कमा रहे पनि बालेन आफैको भनाइअनुसार उनी राजनीतिमा छैनन् । र उनी स्थानीय तहका प्रमुख हुन् । उनको विचारमा या गैरराजनीतिक पद हो,’ ढकालको प्रतिवेदनमा उल्लेख छ।
‘बालेन राजनीतिमा आए स्थानीय तह गैरदलीय हुनुपर्छ भनेर बोकेको आफ्नो राजनीतिक एजेन्डा त्याग्छन् कि त्याग्दैनन् । २०८४ को स्थानीय तह चुनावमा स्वतन्त्रहरूको छुट्टै टोली बनाएर स्थानीय तह गैरदलीय हुनुपर्छ भन्ने आफ्नो अभियानलाई अगाडि बढाउन सक्छन् । २०८९ चुनावताका मात्रै आफ्नो पार्टी खोल्ने सम्भावना छ,’ ढकालको भनाइ छ ।
मेयर बालेनसँगको सहकार्यको कुरा गरेर मात्र नपुग्ने उनी बताउँछन् । त्यसका लागि बालेनले उठाएका राजनीतिक एजेन्डामा पार्टी सहमत हुन्छ कि हुँदैन पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
‘हामी स्थानीय तहलाई गैरदलीय रूपमा अघि बढाउन तयार छौँ कि छैनौँ पनि महत्त्वपूर्ण छ । अराजनीतिकरणको मूल मुद्दा पार्टीको पनि भएकाले स्थानीय तह गैरदलीय हुनुपर्ने पार्टीको मूल मुद्दासँग मेल खान्छ,’ प्रतिवेदनमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण