भारतमा एक्सको विकल्पमा ल्याइएको एप बन्द
नयाँ दिल्ली । भारतले अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्स (पहिलाको ट्विटर)को विकल्पमा ल्याएको एप बन्द हुने भएको छ ।
भारतीय माइक्रोब्लगिङ वेबसाइट कूले बिहीबार आफ्नो सेवाहरू बन्द गर्ने घोषणा गरेपछि यसका लाखौँ प्रयोगकर्ताहरू अलमलमा परेका छन् ।
पैसाको अभाव अनि प्रविधिको लागि उच्च खर्चका कारण धन्न नसक्ने भएर सेवा बन्द गर्न लागिएको कूका संस्थापकहरूले बताएका छन् । कूलाई सन् २०२० मा १० भन्दा बढी भारतीय भाषाहरूमा लञ्च गरिएको थियो ।
एक्स र भारत सरकारबीचको विवादबीच कयौं मन्त्रीहरुले यो एपलाई समर्थन गरेपछि सन् २०२१ यता भारतीय प्रयोगकर्ताहरूमाझ यो लोकप्रिय बन्दै आएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले झुटा खबरहरू फैलाइरहेका पत्रकार, समाचार संस्था र प्रतिपक्ष दलका केही नेताहरूसमेतको एकाउन्ट बन्द गर्न एक्सलाई अनुरोध गरेका थिए ।
शुरुमा एक्सले सरकारको कुरा मानेपनि अपर्याप्त स्पष्टीकरण भन्दै खाता रिस्टोर गरेको थियो । यस घटनापछि सरकारले भारतमा रहेका कम्पनीका कर्मचारीहरू विरुद्ध कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण