उलटपुलट राजनीतिमा हाम्रो माग भएको छ : अध्यक्ष नेपाल
शुक्रबार, २१ असार २०८१, १५ : १२
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन जारी रहेकै बेला नेपालको राष्ट्रिय राजनीतिमा उलटफेर भएको भन्दै त्यो उलटफेरपछि आफ्नो पार्टीको माग भइरहेको बताएका छन् ।
दसौँ राष्ट्रिय महाधिवेशन समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले बदलिएको राजनीतिक घटनाक्रमहरूका कारण कुनै पनि पार्टी एक्लै हिँड्न नसक्ने बताए ।
‘राष्ट्रिय राजनीतिमा उलटफेर भएको छ । त्यहाँ हाम्रो माग भइरहेको छ’, अध्यक्ष नेपालले भने, ‘कुनै पनि पार्टी एक्लै जान सक्ने अवस्था छैन । हाम्रो पार्टीको आफ्नै भूमिका रहेको कुरालाई स्मरण गर्नुपर्दछ ।’
अध्यक्ष नेपालले एमालेसँग विद्रोह उचित र न्यायपूर्ण थियो भन्ने पुष्टि भएको भन्दै आफ्नो पार्टीको भूमिका मुलुकलाई सही दिशामा लैजानतर्फ केन्द्रित रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण