एक इन्जिनियर र दुई जना सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौँका इन्जिनियर राजीव बस्नेत, सवइन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
निर्माण कार्य सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सवइन्जिनियरद्वय भट्टराई र अर्याललाई १७ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका इन्जिनियर राजीव बस्नेतसहित सवइन्जिनियरद्वय भट्टराई र अर्यालले मिलेमतोमा निर्माण सम्पन्न पश्चात् ठेक्का बापतको रकम प्राप्तिका लागि सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको हुँदा तीनै जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।
इन्जिनियर बस्नेत, सवइन्जिनियरद्वय भट्टराई र अर्याललाई भ्रष्टाचार निवारण ऐन बमोजिम १७ हजार रुपैयाँ बिगो कायम गरी कैद सजाय तथा बिगो बमोजिम जरिवानाको सजाय मागदाबी गर्दै मुद्दा दायर भएको घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण