मण्डला थिएटरमा नाट्य महोत्सव ‘म्याड फेस्ट- २०२४’ सुरु
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा आजदेखि तीन दिने नाट्य महोत्सव ‘म्याड फेस्ट– २०२४’ सुरु भएको छ । महोत्सवको काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल, रङ्गकर्मी पशुपति राई, महोत्सवका निर्देशक अनुप न्यौपाने र कलाकार सोमनाथ खनालले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
आजदेखि ३ दिनसम्म चल्ने यो महोत्सव मण्डला थिएटरका पूर्व विद्यार्थीहरू र थिएटरको संयुक्त आयोजना गरिएको हो । ३ दिनसम्म चल्ने महोत्सवमा विभिन्न ६ वटा नाटकसहित नाट्यकला सिर्जनाकै सेरोफेरोमा रहेर प्यानल छलफल, कविता, सङ्गीत प्रस्तुति, समाचार नाटक जस्ता विधामा अन्तरक्रियात्मक कार्यक्रमहरू पनि हुनेछ ।
महोत्सवमा संयोग गुरागाईँको निर्देशनमा ‘रेल्वे टु नोव्हेर,’ अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर,’ श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी,’ प्रविण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा,’ प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ र सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ मञ्चन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण