क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई कारबाही गर्न प्रक्रिया अगाडि बढायो
शुक्रबार, २१ असार २०८१, २१ : २०
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले उपाध्यक्ष रोशन कुमार सिंहसहित ४ जनालाई कारबाही गर्न प्रक्रिया अगाडि बढाएको छ । बिहीबार बसेको क्यानको बैठकले उपाध्यक्ष सिंह र केन्द्रीय सदस्य माधव कर्मचार्य तथा दुर्गाराज पाठक र सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलमाथि कारबाही गर्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
उनीहरूलाई स्पष्टीकरण सोधी कारबाही गर्न प्रक्रिया अगाडि बढाएको सचिव पारस खड्काले जानकारी दिए । नेपाली टिम विश्वकप क्रिकेट प्रतियोगिता खेल्न अमेरिका र वेस्ट इन्डिज गएको समयमा सिंहलगायतले भ्रामक र तथ्यहीन कुरा सामाजिक सञ्जालमा शेयर गरेको लगायतका आरोपमा स्पष्टीकरण सोधिएको उनले बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण