मिस्टर नेपालको मुख्य प्रायोजकमा रियलमी
शनिबार, २२ असार २०८१, ०७ : २४
काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको छ । नेक्स्ट मोडल्स नेपालले २०१६ देखि नियमित रूपमा मिस्टर नेपालको आयोजना गर्दै आएको छ ।
यसबारे बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘मिस्टर नेपालसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । रियलमीका ग्राहकहरू नै रियलमीको असली पहिचान हुन् र नेपाली युवाहरूसँग जोडिनको लागि मिस्टर नेपाल उपयुक्त प्लेटफर्म हो ।’ त्यस्तै, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले यो सहकार्यले मिस्टर नेपाललाई नयाँ उचाइमा पुर्याउने आशा व्यक्त गरे ।
झापाबाट सुरु भएको ‘रियलमी मिस्टर नेपाल २०२४’ को अडिसन विराटनगर, जनकपुर, हेटौँडा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी, पोखरामा हुँदै काठमाडौँमा समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण