क्यानडा पहिलोपटक कोपा अमेरिकाको सेमिफाइनलमा
काठमाडौँ । पेनाल्टी सुटआउटमा भेनेजुएलालाई पाखा लगाउँदै क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । टोली प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो अवसर हो ।
पेनाल्टी सुटआउटमा भेनेजुएलाका यांगेल हरेरा, जेफ्रेसन साभारिनो र विल्कर एन्जेल गोल गर्नबाट चुके । यता क्यानडाका लियाम मिलर र स्टेफन एस्टासियोले गोल गर्न सकेनन् । इस्माइल कोनेले निर्णायक पेनाल्टीमा गोल गर्दै क्यानडालाई ४–३ को जित दिलाए ।
यसअघि, निर्धारित समयको खेलमा क्यानडाले पहिले अग्रता लिएको थियो । ज्याकब साफलबर्गले १३ औँ मिनेटमा गोल गरेका थिए । तर, दोस्रो हाफको ६४ औँ मिनेट होसे सलोमोन रोनडोनले भेनेजुएलाका लागि बराबरी गोल फर्काएका थिए ।
जारी प्रतियोगिताको प्रारम्भिक चरणमा क्यानडा समूह ‘ए’ मा रहेको थियो । क्यानडा आफ्नो समूहको उप–विजेता बन्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको थियो । समूहगत चरणमा क्यानडाले तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो ।
क्यानडा समूहगत चरणको आफ्नो पहिलो खेलमा बलियो अर्जेन्टिनासँग ०–२ गोलले पराजित भएको थियो । दोस्रो खेलमा क्यानडाले पेरुलाई १–० गोलले हराएको थियो । तेस्रो खेलमा क्यानडाको टोली चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण