एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिन मापदण्ड बनाउने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिन मापदण्ड बनाउने भएको छ । दसौँ राष्ट्रिय महाधिवेशनपछि शनिबार बसेको पहिलो बैठकमा कमिटीलाई पूर्णता दिन मापदण्ड बनाउने निर्णय गरेको हो ।
पहिलो दिनको बैठकमा दसौँ राष्ट्रिय महाधिवेशनको प्रारम्भिक समीक्षा गर्दै महाधिवेशनले सम्पूर्ण नेपालीको ध्यानाकर्षण गराउन सफल भएको निष्कर्ष निकालेको छ । बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ ।
बैठकले अर्को व्यवस्था नहुन्जेलसम्म तत् जिम्मेवारीलाई निरन्तरता दिने अन्तरिम व्यवस्था गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । आइतबार बिहान बस्ने बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढ्ने प्रचार विभाग प्रमुख खतिवडाको भनाइ छ ।
शुक्रबार सम्पन्न सो पार्टीको महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सम्मानित नेतासहित ९३ जना केन्द्रीय सदस्य छनोट गरेको थियो । बाँकी १८ पदाधिकारीसहित २०६ केन्द्रीय सदस्य छनोट गर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण