प्राकृतिक प्रकोप
तीन तहको सुरक्षा निकायलाई हाई अलर्टमा रहन मुख्यमन्त्रीको निर्देशन, २ हजार प्रहरी परिचालित
आइतबार, २३ असार २०८१, १० : ४१
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तीनै तहको सुरक्षा निकायलाई हाई अलर्टमा रहन निर्देशन दिएका छन् । मुख्यमन्त्री सोडारीको अध्यक्षमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री सोडारीले राहत, उद्धारको लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री सचिवालयले दिएको जानकारी अनुसार तत्काल २ हजार नेपाल प्रहरी परिचालित रहेको रहेका छन् । साथै सशस्त्र प्रहरी र नेपाली सेनालाई पनि उच्च सतर्कतामा राखिएको हो ।
केही दिनयता सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा बाढी जोखिम बढेको छ । भने पहाडी जिल्लामा पहिरोले दर्जनौँ सडकहरू अवरुद्ध भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण