इंग्ल्यान्डको जितमा पिकफोर्डको पानीको बोतल ‘नायक’
म्युनिख । स्विट्जरल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्ड युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा इंग्ल्यान्डलाई जित दिलाउन गोलकिपर जोर्डन पिकफोर्ड र उनको पानीको बोतलले प्रमुख भूमिका खेलेको थियो ।
पेनाल्टी सुटआउटमा म्यानचेस्टर सिटीका डिफेन्डर म्यानुअल अकान्जीले स्विट्जरल्यान्डका लागि पहिलो पेनाल्टी प्रहार गरेका थिए । तर, उनले पिकफोर्डविरुद्ध गोल गर्न सकेनन् ।
एभर्टनका गोलकिपरले अकान्जीको प्रहारलाई पूर्वानुमान गर्दै पेनाल्टी जोगाए । उक्त मिस नै खेलमा निर्णायक बन्यो । इंग्ल्यान्डले टाइ–ब्रेकर ५–३ गोलले जित्यो ।
खेलपछि पिकफोर्डको पानीको बोतल इन्टरनेटमा भाइरल बनेको छ । बोतलमा विपक्षी खेलाडीको पेनाल्टी लिने तरिका र पेनाल्टी रोक्ने निर्देशन लेखिएको देखिएको छ ।
Jordan Pickford's multipurpose water bottle 👀 pic.twitter.com/ocUwgpm0yg
— Sky Sports Football (@SkyFootball) July 6, 2024
बोतलमा अकान्जीको नाममा ‘देब्रेतिर डाइभ गर्नु’ भनेर लेखिएको छ । यो पूर्वानुमान सही साबित भयो र उनले देब्रेतिर डाइभ गर्दै अकान्जीको प्रहार रोक्न सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण