बाढी पहिरोका कारण २७ वटा मुख्य राजमार्ग पूर्णरुपमा अवरुद्ध
काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण देशका २७ वटा मुख्य राजमार्गहरू पूर्णरुपमा अवरुद्ध हुन पुगेका छन् । नेपाल प्रहरीले आइतबार बिहान ११ बजे दिएको जानकारी अनुसार प्युठानको स्याउली वगदुम्वा र भालुवाङ दाङ प्युठान सडक पूर्णरुपमा अवरुद्ध भएका छन् ।
त्यसैगरी गुल्मीको रिडी वाग्लुङ,कालीगण्डकी कोरिडोर,मदन भण्डारी राजमार्ग,रिडी बाग्लुङ,गोरुसिङ्गे सन्धीखर्क सडक,पाल्पा अर्घाखाँची सडक,शहीद राजमार्ग र घोराही तुलसीपुर सडक पूर्णरुपमा अवरुद्ध भएका हुन् । त्यस्तै कालिकोटमा पहिरो गएकाले कर्णाली राजमार्ग,पहिरोकै कारण साँफे मार्तडी सडक, जय पृथ्वी सडक खण्ड, बझाङखोड्पे तैतडी सडक र भीमदत्त राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी कान्तिलोकपथ, दक्षिणकाली कोशी राजमार्ग, भोटेखोला कोशी राजमार्ग,स्याफ्रुवेशी थाम्बुचेत सडक खण्ड पहिरोका कारण अवरुद्ध भएका छन् । उता बाढीका कारण मनाङमा चामे बेँशीशहर खण्ड अवरुद्ध हुँदा पहिरोका कारण वेनी दरवाङ सडक, बेनिजोमशोम, स्याङ्जामा सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् ।
पहिरोका कारण नवलपरासीमा कालीगण्डकी कोरिडोर, वाग्लुङमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध हुन पुगेका छन् । कतिपय अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण