प्रधानमन्त्रीको राजीनामाबारे संसदमा एमाले र माओवादी सांसदको दोहोरी
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डको राजीनामाको विषयमा दोहोरी चलेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद रघुजी पन्त, लीलानाथ श्रेष्ठ लगायतले प्रधानमन्त्री प्रचण्डले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएपछि माओवादी सांसद लेखनाथ दाहालले जवाफ फर्काएका छन् ।
एमाले सांसद पन्त, श्रेष्ठ लगायतपछि बोलेका माओवादी केन्द्रका सांसद दाहालले भ्रष्ट र अनैतिकहरूले नैतिकताको पाठ पढाउन आवश्यक नभएको बताउँदै प्रचण्ड संवैधानिक प्रक्रिया अनुसार अघि बढेको बताए ।
उनले भने–‘सरकारलाई समर्थन दिएको राजनीतिक दलले विश्वासको मत फिर्ता लिइसकेपछि सरकारले १ महिनाभित्र विश्वासको मत लिने संवैधानिक प्रावधान छ । संवैधानिक प्रावधान अनुसार नै प्रधानमन्त्रीज्यूले यही असार २८ गते विश्वासको मत लिने निर्णय गरिसक्नुभएको छ । यसै सन्दर्भमा संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन खोज्नु अनैतिक हुनु हो ? कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईँहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन । संवैधानिक व्यवस्था अनुसार नै सरकार अगाडि बढ्छ । २८ गते विश्वासको मत लिने प्रक्रियासम्म यहाँहरूलाई पर्खिन पनि आग्रह गर्दछु । अनि कोही अनैतिक र भ्रष्टहरूले नैतिकताको पाठ पनि सिकाइराख्नु पर्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण