१० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने एकीकृत समाजवादीको निर्णय
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई दश दिनभित्र पूर्णता दिने जनाएको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘प्रदेशका इन्चार्ज, सचिव र केन्द्रीय कमिटीमा रहेका केन्द्रीय सदस्यहरूसहितको परामर्शमा प्रदेश र जिल्ला क्लस्टर मिलाई आवश्यक व्यवस्था गर्न केन्द्रीय सदस्यहरूमा मनोनयन गर्ने आधार तयार गर्न जिम्मेवारी प्रदान गरिएको छ’, बैठकपछि खतिवडाले भने, ‘यो जिम्मेवारी अन्तर्गत केही दिनभित्र उहाँहरूले आफ्नो काम सम्पन्न गर्नुहुनेछ । अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै रहनेछ ।’ त्यस्तै उनले दश दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिइने बताए ।
नेकपा एकीकृत समाजवादीको शुक्रवार सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानित नेतासहित ९३ सदस्यीय केन्द्रीय कमिटी बनाए पनि बाँकी २०६ जना केन्द्रीय सदस्य तोक्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण