पहिराेमा पुरिएर बेपत्ता वृद्धाको शव भेटियो
आइतबार, २३ असार २०८१, १५ : ५८

वालिङ । स्याङ्जाको भीरकोट–५ ज्यामिरेमा पहिरामा पुरिएर बेपत्ता भएकी वृद्धाको शव भेटिएको छ । शनिबार दिउँसो घरमाथिबाट आएको पहिरोले बगाएर बेपत्ता भएकी स्थानीय ७३ वर्षीया ख्यामकुमारी मल्लको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसोदेखि उद्धार तथा खोजी जारी राखेका थिए । पहिराले घर पुरिँदा घरमै बसेकी मल्ललाई पुरेको थियो । उक्त घरमा सासूबुहारी बस्दै आएका थिए । पहिरो खस्दाखस्दै बुहारी रिता मल्लको भने भागेर ज्यान जोगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप